महासभालाई प्रधानमन्त्री कोइरालाबाट सम्बोधन

87
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ आँै महासभालाई शनिवार बिहान सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कोइरालार्ले माओवादीलगायत नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताए ।

‘नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डोर्याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने ।’

नेपाली जनताको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका कारण सशस्त्र विद्रोहमा लागेको माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरंकुश राजसंस्थालाई हटाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सफलतापूर्वक स्थापना गर्न सम्भव भएको र यो विश्वकै लागि बेग्लै खालको नमुना बनेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति र विकास प्रयासमा छिमेकी मुलुक भारत र चीन, राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदायका मित्र र शुभेच्छुकहरुबाट प्राप्त सहयोग र ऐक्यबद्धताको प्रषंसा गरे ।

अल्पविकसित राष्ट्रहरुको खासखास आवश्यकताको सम्बोधन र उनीहरुको समावेशी विकासका लागि साधन स्रोतको वृद्विमा जोड दिँदै प्रधानमन्त्री भने,‘अल्पविकसित र भूपरिवेष्ठित मुलुक नेपालले संस्थागत अभाव, दक्षतामा कमी, व्यापक र जटिल विकासका चुनौतीहरुको सामना गरिरहन परेको छ ।’


  •  
  •  
  •