नि:सन्तान हुनु भगवानको सराप हैन

182
  •  
  •  
  •  

काठमाडौ, २३ असार(ओएनएस) : ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले कसैले पनि निसन्तान भएर बाच्न नपरोस् भन्ने उदेश्यका साथ बृहत राष्ट्रिय निसन्तान दिवस तथा ५०० टेष्ट ट्यूब बेबी जन्मोत्सव गर्ने भएको छ ।

पछिल्लो समय समस्याका रुपमा रहेको बच्चा नहुने समस्याका बारेमा पूर्ण जानकारी दिने र त्यसको समस्या समाधान गर्ने तर्फ जानकारी गराउन बृहत रुपमा नेपालमै पहिलोपटक राष्ट्रिय निसन्तान दिवस तथा ५०० टेष्ट ट्यूब बेबी जन्मोत्सव गर्ने लागिएको हो । यस अगाडिका वर्षहरुमा पनि यो दिवस मनाइने गरेको भएपनि बृहतरुपमा मनाउन लागिएको यो पहिलोपटक हो ।

निःसन्तान हुनु भगवानको सराप नभई हाम्रो आफ्नै अनविज्ञता तथा सामाजिक कमी कमजोरीको उपज भएको अस्पतालका अध्यक्ष डा. भोला रिजालले बताए । नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने विश्वास दिलाउनुका साथै विदेशी मुलुकमा हुने आर्थिक क्षति, दुःख, पीडा र कष्टको न्यूनीकरण गर्न र निसन्तान दम्पत्तिहरुमा चेतना छर्दै सेवाको पहुँच भन्दा टाढा रहेका दम्पत्तिहरुको घरदैलोमा पुर्याउन चाहन्छौ डा. रिजालले भने ।

अस्पतालले निसन्तानका बारेमा सहभागीहरुमाझ छलफल गर्ने जनाएको छ । नेपालमै पहिलोपटक टेष्ट ट्युब प्रविधि संचालनमा ल्याउन सफल ॐ हस्पिटलले सो कार्यक्रममा टेष्ट ट्युब बेबीबाट जन्मिएका बच्चाहरु पनि सहभागी गराउने छ ।

अस्पतालमा हालसम्म ५ सय बच्चाहरू टेष्ट ट्युबबाट जन्मिसकेका छन् । कार्यक्रममा आगामी असार २५ गते मनाउन लागिएको दिवसमा अस्पतालमा मुलुकका चर्चित कलाकार, वरिष्ठ पत्रकारहरु, नागरिक अगुवा, समाजसेवी, बुद्धिजीवि राजनीतिक दलका नेताहरू, कानुनवीदहरू तथा मन्त्रीहरुको उपस्थिति रहने छ ।


  •  
  •  
  •