ओमको प्रस्तावित लाभांश स्वीकृत

159
  •  
  •  
  •  

 काठमाडौं, ३० असोज(ओएनएस) : ओम फाईनान्स लिमिटेडले प्रस्ताव गरेको २०दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेका छ ।

फाईनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको १९ दशमलव५ प्रतिशत बोनश शेयर र १ दशमलव ०३ प्रतिशत नगद लाभांश गरि जम्मा २० दशमलव५३ प्रतिशत लाभांश बितरण गर्न राष्ट्र बैंकले स्विकृती दिएको हो ।

उक्त स्विकृत गरिएको लाभांश कम्पनीको आंउदो साधारण सभाले पारित गरेपछि बितरण हुने बताइएको छ ।
। बोनश शेयर पछि कम्पनीको चुक्ता पुंजी ३८ करोड ९२ लाख २३ हजार पुग्ने फाइनान्सले जानकारी दिएको छ ।

ओम फाईनान्स र कामना विकास बैंक एक आपसमा मर्ज हुनको लागि मर्जर प्रक्रियामा रहेको छ । सो को लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमती समेत दिईसकेको छ । दुबै संस्था मर्जर भएपछि राष्ट्रिय स्तरको विकास बैंक बन्नेछन । पोखराको दुईवटा वित्तिय संस्था मर्ज हुन लागेको यो पहिलोपटक हो ।


  •  
  •  
  •