सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

79
  •  
  •  
  •  

अस्ट्रेलियाली सहर ब्रिस्बेन। तस्बिर: सीएनएन

काठमाडौं । सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ब्रिसबेनलाई ३५ औँ ओलम्पिक आयोजना गर्न दिने निर्णय गरेको हो।

सन् २०३२ को ओलम्पिक आयोजना गर्ने ब्रिसबेनको एकल प्रस्तावमा मतदान भएको थियो। मतदानमार्फत ब्रिसबेनले ओलम्पिक आयोजना गर्ने अनुमति पाएको हो। ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक गर्नका लािग २४ अगष्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ।

ओलम्पिक ३७ सहरमा गर्ने प्रस्ताव गरिएको छ।

योसँगै ब्रिसबेन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको तेस्रो सहर बनेको छ। यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी सहरले ओलम्पिक आयोजना गरेका थिए।


  •  
  •  
  •