कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्ष पछाडी सर्‍यो

50
  •  
  •  
  •  

एजेन्सी । जापानमा हुने भनिएको टोकियो ओलम्पिक एक वर्ष पछाडी सरेको छ । पछिल्लो पटक कोरोना भाइरस(कोभिड–१९) का कारण विश्वमा नै त्रास फैलिएका बेला जापान एक वर्षका लागि प्रतियोगता सार्न सहमत भएको हो ।

जापानी प्रधानमन्त्री जिन्जो आवेले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सार्न सहमती जनाएपछि प्रतियोगिता एक वर्षका लागि सारिएको बताए ।

उनले जापान सरकारले ओलम्पिक एक वर्षका लागि सार्न अनुमती मागेकोमा आइओसीका अध्यक्ष थोमस बाकले सहमति जनाएको बताए । यस्तै टोकियो पाराओलम्पिक पनि एक बर्षका लागि सरेको छ ।

कोरोनाका कारण टोकियो ओलम्पिक सार्नका लागि चौतर्फि दबाव थियो ।


  •  
  •  
  •