ओलम्पिक कमिटीको बैंक खाता अवैध !

356
  •  
  •  
  •  

काठमाडौं १२ भदौ ।
सर्वोच्च अदालतको आदेशविपरीत ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले माछापुछ्र्रे बैंकमा खाता सञ्चालन गरिहेको छ । एनओसीले माछापुछ्रेमा खाता नम्बर १६०१८४०२३०२९५०१७ बाट आर्थिक कारोबार गरिरहेको छ ।
बैंक खाता पनि एनओसीको एकल नाममा छैन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) र एनओसीको संयुक्त नाममा बैक खाता खोलिएको छ । जसको सञ्चालकमा अध्यक्ष प्रधान, महासचिव जीवनराम श्रेष्ठ र ओसीएका खेलकूद निर्देशक केवेती नागरिक हैदर अब्बास फर्मान रहेका छन् । बैंक ‘र्फम’को ‘एकाउन्ट नेम’मा ‘ओलम्पिक काउन्सिल अफ एसिया/नेपाल ओलम्पिक कमिटी’ लेखिएको छ ।
९ मे २०१२ मा लेखिएको बैंक खातामा सम्पर्क नम्बर ९८४१३४१०६९ उल्लेख गरिएको छ । यो नम्बर एनओसीकै कर्मचारीको हो । ओसीएका पदाधिकारी नै एनओसीको बैंक खाता सञ्चालक बनेपछि थप शंका उब्जिएको छ । नयाँपत्रिकाबाट


  •  
  •  
  •