श्रेष्ठ ओली तिरै

427
  •  
  •  
  •  

काठमाडौं २५ असार (ओएनएस) : अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल समूहमा खुलेका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठ पुनः केपी शर्मा ओली समूहमा नै फर्किएका छन् ।

श्रेष्ठले मंगलबार विज्ञप्तीमार्फत ओली समूहमा फर्किएको जनाउ दिएका हुन् । ‘मेरा मनमा पार्टीका सबै नेताहरुप्रति उत्तिकै आदर र सम्मान छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘तर पनि यस अधिवेशनमा मैले आफूलाई नेतृत्व हस्तान्तरणको पक्षमा उभ्याएको छु । सोही अनुसार निर्णय लिन सबै प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

कमलादीमा भएको नेपालपक्षको कार्यकर्ता भेलामा श्रेष्ठले सम्बोधन गर्दै ‘केपी–वामदेवको अपवित्र गठबन्धन’ भएको भन्दै नेपाल समूहमा खुलेका थिए । श्रेष्ठ लामो समयदेखि ओली समूहमा थिए ।

संविधानसभा उपनिर्वाचनमा माधवकुमार नेपालले छाडेको क्षेत्र नं। २ काठमाडौंमा उम्मेदवार भएपछि उनी ओली समूहदेखि टाढिएका थिए । सोमबार ओलीसँगै एउटै गाडीमा भेटिएपछि उनको आबद्धतालाई लिएर चासो लिइएको थियो ।

 


  •  
  •  
  •