ओलीको ‘मानसिक स्थिति’ परिक्षण गराउन एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको माग

208
  •  
  •  
  •  

काठमाडौं, २१ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मानसिक रुपमा असन्तुलन भएको’  भनी गम्भिर आरोप लगाएको छ ।

बुधबार सिंहदरबारमा बसेको मोर्चाले ओलीले गत शनिबार दिएको अभिब्यक्तिलाई खण्डन गर्दै ओलीको मानसिक स्थिति परिक्षण गर्न माग गरेको छ।

साथै ओलिको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भए ओलिको अभिब्यक्तिको विषयमा उच्चतीरय छानविन आयोग गठन गरी सत्य सार्वजनकि गर्न पनि मोर्चाले माग गरेको छ ।

यसअघि ओलीले गत शनिबारे एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए अबरुद्ध संविधानसभा खुल्ने दाबी गरेका थिए ।

ओलीले पार्टी केन्द्रीय कार्यालयमा शनिबार यस्तो भनेका थिए ‘ यसअघि पनि व्यस्थापीका संसद रोकिएको थियो, माओवदीलाई रोकिएको संसद खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो, अहिले अबरुद्ध संविधानसभा ५ देखि १० अर्ब दिन्छु भने खुल्छ ।’

संघीय लोकतान्त्रिक गठनबन्धन, नेपालको २०७१ माघ २१ गतेको बैठकले गरेको निर्णय  :

नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले ३० दलीय मोर्चामा आवद्ध राजनीतिक दलहरुलाई दश अरब दिएमा आन्दोलन रोकिन्छ भन्ने जस्ता अराजनीतिक, भ्रामक, निराधार र गैरजिम्मेवार आरोपको निन्दा एवं भत्सर्ना गर्दै उहाँको अभिव्यक्तिले उहाँ शारिरीक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसंग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परिक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरिय छानविन आयोग गठन गरी यसको सत्य तथ्य सार्वजनिक गर्न समेत आजको यो बैठक माग गर्दछ ।

यो पनि पढ्नुहोस् : ओलीलाई भट्टराईको आक्रामक जवाफ : ‘ओलीको सिद्धान्त दलाल र नोकरशाही वर्गको’


  •  
  •  
  •