आफूलाई पागल भनेका प्रचण्डलाई केपी ओलीका ५ जवाफ

257
  •  
  •  
  •  

kp-oliकाठमाडौ, २२ माघ(ओएनएस) : आफूलाई पागल भनेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले अध्यक्ष केपी ओलीले विभिन्न ५ जवाफ दिएका छन् । यस्तै, अध्यक्ष ओलीले प्रचण्डलाई सहमतिमा आउन समेत आव्हान गरेका छन् ।

बुधबार मध्यमाञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने क्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले आफूहरू संघर्ष गर्नमर्न तयार रहेको अभिव्यक्तिको जवाफ दिँदै अध्यक्ष ओलीले प्रचण्डलाई टाउको फूटाउने र मर्ने कुरा गर्न छाडेर सहमतिमा आउन सुझाव दिएका छन् । प्रेस चौतारी नेपालको सत्रौँ स्थापना दिवसका अवसरमा बिहिबार काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनताले आन्दोलन गर्ने र संघर्ष गर्ने कुराहरुको विश्वास गर्न छाडिसकेको बताउँदै उनले भने, ‘टाउको फुटाउने धम्की हामीलाई नदिए हुन्छ, आन्दोलनका जनता आउनेवाला छैनन् । किन मर्ने अहिले ? आउनुस् संविधान बनाउँ, चुनाव जित्नुस्, सांसद-मन्त्री हुनुस, सरकार चलाउनुस् ।’

उनले प्रचण्डलाई उत्तेजित नहुन सुझाव दिँदै आफ्नो आवेग र उत्तेजना सिटामोल खाएरपानी पट्टी लगाएर निर्मूल पारेर सहमतिका लागि आउन आग्रह गरेका छन् । उनले कसैले सिठी फूक्दैमा जनताहरू लाठी बोकेर भिड्न तयार नहुने दावी गर्दै यसको कल्पना समेत नगर्न सुझाव दिए ।

अध्यक्ष ओलीले एमाओवादीभित्र अल्मल्याइएका, एमाओवादीमा लागेर केही हासिल गर्न नसकेकाहरूलाई एमाओवादी छाडेर आफ्नो पार्टीमा आउन समेत सुझाएका छन् । उनले त्यस्ता मानिसलाई आफ्नो पार्टीले सुरक्षा, सम्मान र अवसर दिने समेत बताए ।

यो पनि पढ्नुस्…

प्रचण्डले भने : मर्नै परे संघर्ष गरेर मर्छु


  •  
  •  
  •