कपिलवस्तुमा पनि जल्यो ओलीको पुत्ला

108
  •  
  •  
  •  

oli putlaकपिलवस्तु,  २४ पुस (ओएनएस)  : एमालेका अध्यक्ष केपी ओलीले समग्र मधेश एक प्रदेशको विरोधमा अभिव्यक्ति दिएको आरोप लगाउदैं मधेशी मोर्चाले कपिलवस्तुमा ओलीको पुत्ला जलाएका छन् ।

मोर्चाले देशभर ओलीको पुत्ला जलाउने कार्यक्रमअन्तर्गत कपिलवस्तुमा पनि पुत्ला जलाएको हो ।

जिल्लामा सक्रिय राजनीति गरिरहेको तमलोपा, मधेशी जनअधिकार फोरम नेपाल, सदभावना पार्टी लगायतका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयको गेट सामुने विहिवार दिउँसो ओलीको पुत्ला जलाएका हुन ।

मोर्चाले काठमाडौंमा पनि ओलीको पुत्ला जनलाएका छन् । यसअघि बुधबार प्रधानमन्त्रि निवास बालुवाटारमा भएको चार दलको बैठकमा ओलीले मधेशीबिरुद्ध अपशब्द बोलेको सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आरोप लगाएका थिए ।

महतोले चार दलको बैठकको प्रारम्भमा मधेसी मोर्चाका तर्फबाट प्रधानमन्त्रीको अनुमतिमा सङ्घीयताका सवालमा सम्पूर्ण तराईसँगै पूर्वी तरार्ईका झापा, मोरङ, सुनसरी तथा पश्चिम तराईका कैलाली र कञ्चनपुर मधेसको भूभाग हो, मधेस हो त्यसैले त्यो मधेस प्रदेश र थरूहट प्रदेश मै रहनुपर्छ भन्दा ओलीले अपशब्द बोलेको आरोप लगाएको थिए ।

महतोले आफ्ना कुरा राख्दा एमाले अध्यक्ष ओलीले वार्ताको माहोल असहज हुने आपत्तिजनक शब्द प्रयोग गर्नुका साथै वेतुकको कुरा भन्दै सम्पूर्ण तराईलाई मधेसमा राख्नुपर्छ भन्ने सन्दर्भमा ‘विहार र युपी समेतलाई मधेस प्रदेशमा राख्ने हो कि’ भन्ने कुरा राखेको भन्दै आपत्ति जनाएका थिए ।


  •  
  •  
  •