ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन

348
  •  
  •  
  •  

काठमाडौँ, २ पुस (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन् । अन्नपुर्ण होटलको कुमारी हलमा दिउँसो ३ बजे आयोजित पत्रकार सम्मेलनमा एकता संयोजन समितिका सदस्यहरु समेत सहभागी हुनेछन् ।

चुनावी तालमेल र परिणाम, पार्टी एकता प्रक्रिया, सरकार गठन लगायतका विषयमा आज जनसमुदायलाई जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गरिएको एमालेका एक नेताले ओएनएसलाई जानकारी दिए । पार्टी एकता र सरकार गठनका विषयमा विभिन्न टिप्पणी भइरहेका बेला ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।


  •  
  •  
  •