प्रधानमन्त्री र प्रचण्डबीच छलफल

158
  •  
  •  
  •  

KP-Oli-and-Prachandकाठमाडौं ९ मंसिर (ओएनएस) :मधेस आन्दोलनको समस्या समाधानका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा हिजो एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग गरेको छलफलका आधारमा दुई नेताबीच कुराकानी भएको छ । मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावको संघियतामा अडान राखेरले विवादित जिल्लालाई कसरी मिलाउने भन्नेमा केन्द्रित रहेर छलफल भएको स्रोतले जनाएको छ ।

भोलिको संसदमा संविधान संसोधनको प्रस्ताव लैजानु पर्ने भएकाले त्यसअघि सहमति जुटाउन प्रयास भइरहेको छ । संसद बैठक, संविधान संसोधन विधेयक, भूकम्पपछिको पुनःनिर्माण विधेयक अघि बढाउने विषयमा पनि कुराकानी हुनेछ । सरकार तर्फबाट निकासका लागि अपनाउने सबै उपाय र लचकताका विषयमा ठोस प्रस्ताव ल्याउने प्रयास अन्तर्गत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । एकीकृत नेकपा माओवादी र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका शीर्षनेताहरु बीच हिजो छलफल भएको थियो ।


  •  
  •  
  •