प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधाराेन्मुख

571
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सुधाराेन्मुख देखिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले केहीबेरअघि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे जानकारी गराएकाे छ।

अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीकाे डा. अरुण सायमीकाे संयाेजकत्वमा डा. दिब्या सिंह शाह तथा डा. सन्त कुमार दास सम्मिलित समूहले उपचार गरिरहेकाे बताए।

उनका अनुसार  प्रधानमन्त्री अाेलीकाे मंगलबार बिहान रगत परिक्षण तथा छातीकाे एक्स-रे अादीकाे रिपाेर्टहरु सकारात्मक रहेकाे छ।

 

 


  •  
  •  
  •