प्रम अाेलीले ज्येष्ठ नागरिक भत्ता बढाउन नसक्नुकाे खुलाए यस्ताे कारण

398
  •  
  •  
  •  

काठमाडौं, २ कार्तिक (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले राष्ट्रिय ढुकुटीको चरम दोहन गरेकोले ज्येष्ठ नागरिक भत्ता बढाउन नसकिएको बताएका छन्।

बिहिबार झापाको विर्तामोडमा शुभकामना कार्यक्रमलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिबद्धता गरेपनि अघिल्लो सरकारकाे गलत रवैयाका कारण बढाउन नसकिएको प्रष्ट पारे।‘अब ढुक्क हुनुहोस । आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ । हामीले राज्यको ढुकुटीलाई विस्तारै मजबुद बनाउँदैछौं,’ उनले भने ।

उनले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने समेत बताए। सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र विश्वासलाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताए। नेपालको संयुक्त परिवार प्रणाली विश्वमै अनुपम रहेको र यसले आत्मियताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।


  •  
  •  
  •