३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको छ : प्रम ओली

615
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताएका छन्।

राष्ट्रिय महिला उद्यमी महासंघले ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए।

प्रम अाेली महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह गरे।

‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो’ प्रम अाेलीले भने ‘स्थानी तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ । यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्याउँदैछौं ।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यानदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘घरेलु उद्यम मार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’ प्रम अाेलीले भने‘महिला उद्यमीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्न सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन ।’

 


  •  
  •  
  •