प्रधानमन्त्री ओलीद्धारा राष्ट्रियसभामा ३ जना सिफारिस(नामसहित)

अघिल्लाे सरकारकाे सिफारिस रद्ध
65
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेका छन्।

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो।

सरकारले सिफारिस गरेका ३ जनालाई राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरु राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउने कानुनी प्रावधान छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।


  •  
  •  
  •