ओली नेपाल सम्बन्धमा फेरि दरार

119
  •  
  •  
  •  

काठमाडौं ७ चैत (ओएनएस) :  युवासंघका कारण एमाले नेतृत्व फेरि विवादमा फसेकोको छ । सुध्रिनै लागेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको सम्बन्धमा फेरि दरार आएको छ । एमाले निकटको युवासंघले समानान्तर भेला गर्ने भएको छ ।

पार्टीको नेर्देशन विपरित आज काठमाडौं र हेटौडामा भेला गर्न लागेको हो ।  एमाले युवा संघ नेपालमा अध्यक्ष केपी शर्मा ओली पक्षले हेटौडामा र नेता माधव कुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर कार्यक्रम गर्ने भएका छन् । छुट्टा–छुट्टै कार्यक्रममा दुवैपक्षका उच्च नेताहरुको सहभागिता रहनेछ ।

अध्यक्ष ओली निकट निरु पाल नेतृत्वको समूहले संघको प्रथम राष्ट्रिय परिषद बैठक र केन्द्रीय समितिको बैठकलाई परिवर्तन गर्दै हेटौंडामा भेला बोलाएको छ ।

नेपाल निकट मानिने उपाध्यक्ष दिलु पन्त समूहले प्रज्ञा भवनमा कार्यक्रम गर्ने भएको छ । दुबै पक्षका आयोजकहरुले कार्यक्रममा सहभागी हुन देशभरिबाट प्रतिनिधिहरु उपस्थित हुने बताएका छन् ।  युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत मन्त्री बनेपछि अध्यक्षपदबाट राजीनामा दिएपछि संघको अध्यक्षमा निरु पाललाई स्थायी समिति बैठकले चयन गरेपछि अध्यक्षको आकांक्षी दिलु पन्तले त्यसको विरोध गर्दै आएकी थिइन।


  •  
  •  
  •