अन्तत: माधव नेपालले गरे प्रधानमन्त्री ओलीलार्इ यस्ताे अाग्रह

822
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : नेपाल कम्युुनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुक बेहाल अवस्थामा रहेकाेले टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन्।

हिन्दूको धर्मावलम्बीको पर्व दशैंको अवसरमा चन्द्रनिगाहपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका उनले देशमा घुसखोरी, शान्तिसुरक्षा लगायत जनताको काममा ढिलासुस्ती गर्नेजस्ता प्रवृत्ति बढेकोले मुलुक बेहाल अवस्थामा पुगेकाे बताए ।

यी सबै कमी कमजाेरीलार्इ निर्मुल पार्न नेता नेपालले त्यसप्रति खवरदारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुका साथै  प्रधानमन्त्री केपी ओलीलाई सक्रियतापूर्वक जनताको पक्षमा काम गर्न आग्रह समेत गरे ।


  •  
  •  
  •