बैठकअघि एमाले अध्यक्ष ओली र नेपालबीच गोप्य वार्ता

64
  •  
  •  
  •  

काठमाडौं २७ साउन (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालको सल्लाहमै पार्टी चलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । केन्द्रीय कमिटीको बैठक बस्नुअघि बिहान नेपाल निवास पुगेर अध्यक्ष ओलीले आजको बैठकमा छलफल हुने एजेण्डाका विषयमा जानकारी गराएका छन् । नेपाल निवास काटेश्वरमा भएको छलफलमा अध्यक्ष ओली सयुक्त एजेण्डा बनाएर अघि बढ्न आफु तयार रहेको बताएका छन् ।

स्थायी समिति चयन, पोलिटब्युरो गठन लगायतका विषयमा आफु गुटगतप्रतिस्पर्धा गर्न नचाहेको र अब सल्लाहमा अघि बढ्नुपर्ने ओलीले बताए नेपाल निटक एक केन्द्रीय सदस्यले जानकारी दिए । जवाफमा नेपालले आफु सहयोग गर्न तयार रहेको र ओली गुटका केही नेताहरको ब्यबहारले खिन्न बनाएको बताए । ‘म तपाईलाई पुरै सहयोग गर्न तयार छु ’ नेपालको भनाई उदृत गर्दै ती सदस्यले भने ‘ तर केही साथीहरुले प्रतिसोध साध्नुभएको अब कसैलाई काखा कसैलाई पाखा नगरि अगाडी बढ्नुभयो भनेमात्रै सहयोग सम्भव हुन्छ ।’ ती सदस्यका अनुसार आजको भेटबाट नेपाल र ओलीबीचको सम्बन्धमा सुधार आएको संकेत देखिएको छ ।


  •  
  •  
  •