सरकारको सय दिन पुरा, कामको समिक्षा सुरु

130
  •  
  •  
  •  

काठमाडौं ५ माघ (ओएनएस) :
प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका एक सय दिन पूरा भएको छ । नाकाबन्दी र आन्दोलनकाबीचमा गठन भएको सरकारले सय दिन गरेको कामको समिक्षा सुरु भएको छ । सरकार सहभागि दलभित्र र बाहिर सरकारको कामको मुल्याङ्क भएको छ । एमाले अध्यक्ष ओलीको अध्यक्षतामा गतअसोज २४ गते नयाँ सरकार गठन भएको थियो सरकारले यही बीचमा पुनःनिर्माण महाअभियानको काम सुरु गरेको छ ।

नागरिकलाई सेवा दिने भन्दा बढी समय आन्दोलन समाधान गरेर नाकाबन्दी सहज बनाउनेमा सरकारले समय खर्च गरेकाले अपेक्षाअनुसार काम गर्न नसेकेको सरकारले जनाएको छ । सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अपेक्षाअनुसार काम गर्न नसकेको तर केही महत्वपूर्ण निर्णय गरेको बताए । आज सरकारले सय दिनको समिक्षा सहित केही कामको विवरण जानकारी गराउने तयारी गरेको छ ।


  •  
  •  
  •