ओली समूह प्यानलै बनाएर मैदानमा (पूर्ण सूचीसहित)

551
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) । पुरै प्यानल नबनाउने भद्र सहमति भएको भनिए पनि एमाले महाधिवेशनमा ओली पक्ष १ सय ५९ सदस्यीय प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएको छ । ओली समूहबाट प्राप्त सूचीअनुसार १४ सदस्यी पदाधिकारी, खुला केन्द्रीय सदस्य, आरक्षित केन्द्रीय सदस्य, भुगोल केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य उम्मेदवारको प्यानल तयार गरिएको छ ।

ओली समूहबाट अध्यक्षमा ओली, उपाध्यक्षमा बामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद शाहको उम्मेदवारी परेको छ । महासचिवमा इश्वर पोखरेल छन् भने उपमहासचिवमा बिष्णु पौडेल र शंकर पोखरेल छन् । सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, केशवलाल श्रेष्ठ, रघुवीर महासेठ र बिष्णु रिमाल छन् ।
यस्तै खुला कोटाको केन्द्रीय सदस्यमा सूर्य थापा, राजन भट्टराई, केशव बडाल, छबिलाल विश्वकर्मा, काशिनाथ अधिकारी, महेन्द्र पाण्डे, खगराज अधिकारी, अग्नि खरेल, कर्ण थापा, गुरु बराल, देवराज भार, देवीप्रसाद ज्ञवाली, नेत्र पन्थी, बिन्दा पाण्डे, भानुभक्त ढकाल र भानुभक्त जोशी छानिएका छन् ।

त्यस्तै टुकराज सिग्देल, रामेश्वर फुयाल, गोपाल शाक्य, बलराम बास्कोटा, मोहनसिंह राठौर, देवेन्द्र दाहाल, आनन्द पोखरेल, रविन्द्र अधिकारी, रामनाथ ढकाल, लक्ष्मण ज्ञवाली, दामोदर भण्डारी, महेश बस्नेत, अच्युत मैनाली, लिला गिरी, प्रेम दंगाल, केशव पाण्डे, शारदाप्रसाद सुवेदीर बिनोद शाह खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

खुलातर्फ वैकल्पिक केन्द्रीय सदस्यमा किशोर अधिकारी, युवराज बास्कोटा, जनक पौडेल, खेम लोहनी, सरेश नेपाल, माधव ढुंगेल र नवराज शर्माको उम्मेदवारी परेको अ‍ोली पक्षले जनाएको छ ।

भुगोलबाट एक पूर्ण र एक बैकल्पिक गरि ३० उम्मेदवारको सूची तयार गरेको छ । मेचीबाट हिक्मत कार्की र रोम कार्की, कोशीबाट राजेन्द्र गौतम , विनोद ढकाल, सगरमाथाबाट नरेन्द्र पोखरेल र विशाल भट्टराई उम्मेवार बनेका छन् ।

त्यस्तै जनकपूरबाट केशव देवकोटा र मनोज देवकोटा, बागमतीबाट कैलाश ढुंगेल र गोकुल बास्कोटा ओली पक्षका उम्मेदवार हुन् । उपत्यकाबाट बिनोद श्रेष्ठ र नारायण सिलवाल, नारायणीबाट बिजय सुवेदी र निर्मला देवकोटा, गण्डकीबाट मायानाथ अधिकारी र रामशरण बस्नेत उम्मेदवार तोकिएका छ्न् ।

लुम्बिनीबाट खिमलाल भट्टराई र तीलक महत, धवलागिरीबाट गणेश तिमिल्सिना र भुपेन्द्र थापा, राप्तीबाट खेममान खड्का र गुलावजंग शाह, भेरीबाट यमलाल कडेल र लक्ष्मी पोखरेल, कर्णालीबाट गोरखवहादुर बोगटी र हंशराज शाही, सेतीबाट महेश्वर पाठक र चक्र मल्ल, महाकालीबाट गणेश सिंह ठगुन्ना र विक्रम शाही उम्मेदवार बनेका छन् ।

त्यस्तै दलिबाट जितु गौतम, जगत विश्वकर्मा, भागवत विश्वासी, इश्वरी रिजाल, एकराज विक उम्मेदवार बनेका छन् । दलित वैकल्पिक केन्द्रीय सदस्यमा गोविन्द नेपाली, पुरनसिंह दयाल र तिल विश्वकर्मा छन् । मुस्लिम कोटामा नजिर मिया र सिराज अहमद फारुकी पूर्ण र वैकल्पिकमा तैयब हुसेन छन् ।

महिला कोटाको पूर्ण सदस्यमा थममाया थापा, राधा ज्ञवाली, गोमा देवकोटा, सिता पौडेल, सुजिता शाक्य, सावित्रा भुषाल, टुका हमाल, गौरी ओली, महिन सुब्बा लिम्बु, मेनका काफ्ले, पद्मा अर्याल, जानुका सिम्खडा, शान्ति ढकाल, शोभा ज्ञवाली, सुमित्रा बिसी, सिर्जना शर्मा र डा। शिवमाया तुम्बाहम्फेको उम्मेदवारी परेको छ । बैकल्पिक महिला केन्द्रीय सदस्यमा निरु पाल, मना केसी, शान्ता आचार्य, सीता सुन्दास र विमला घिमिरे उम्मेवार बनेका छन् ।

मधेशी कोटामा रामप्रीत पासवान, सत्यनारायण मण्डल, योगनारायण यादव, श्रीप्रसाद साह, कमलादेवी महतो, जीबच्छ साह, बलदेव चौधरी, नरुलाल चौधरी, जगदीस कुसियत र रन्जु ठाकुर उम्मेदवार बनेका छन् । मधेशी तर्फ बैकल्पिक केन्द्रीय सदस्यमा दिनेशचन्द्र यादव, सरोज यादव, हरिनारायण महतो र भगवती चौधरीको उम्मेवारी परेको छ ।
आदिवासी जनाित कोटाबाट दलवहादुर राना, सानुकुमार श्रेष्ठ, एकबहादुर राना, गोकलु घर्तीमगर, शेरधन राई, ज्ञानवहादुर भुजेल, डम्बर सम्बाहम्फे, सर्वध्वज साँवा, खगेन्द्र राई, लिलानाथ श्रेष्ठ, बालगोपाल थापा मगर, रामेश्वर राना ओछन्। वैकल्पिक केन्द्रीय सदस्यमा दावा दोर्जे लामा, कृष्णमोहन गौचन, खिम थापामगर, राजेन्द्र राई, बिना श्रेष्ठ र पार्वत गुरुङ उम्मेवार बनेका छन् ।

मजदूर तथा पेशागत समूहबाट पनि सबै उम्मेवार खडा गरको छ । मजदूतर तथा पेशागत समूहबाट जिफन्टका उद्धब केसी र शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा पूर्ण केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् भने बैकल्पिकमा चन्द्र रिजाल, मोहन रेग्मी र हरिदत्त जोशी छन् । पिछडिएको क्षेत्रबाट लालवहादुर थापा, मोहन बानिया र भैरवसुन्दर श्रेष्ठ उम्मेदवार बनेका छन् भने सम्पर्क बिभागबाट भिष्म अधिकारी उम्मेवार छन् ।


  •  
  •  
  •  

Comments are closed.