ओली समूह विधान संशोधनको विपक्षमा

300
  •  
  •  
  •  

काठमाडौं २४ असार (ओएनएस) । एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा विधान संशोधनको विषयलाई लिएर विवाद भएको छ । अध्यक्षका प्रत्यासी केपी ओली समुह विधान संशोधनको विपक्षमा देखिएको छ । पाँच उपाध्यक्ष र सचिव अनावश्यक भएको भन्दै ओली पक्षधर विधान संशोधनको विपक्षमा देखिएको हो ।

स्रोतका अनुसार ओली पक्षलाई पाँच उपाध्यक्ष र सचिवको व्यवस्थापन गर्न समस्या देखिएपछि विधान संशोधनको विपक्षमा उभिएको हो । नेपाल पक्षले भने विधान संशोधन हुन नदिए अहिले कै व्यवस्था गर्नुपर्ने बताएको छ । नेपाल पक्षधर नेता पशुपति चौलागाईले भने, ‘उहाँहरुलाई थप पदको व्यवस्थापन गर्न समस्या भएको भन्ने कुरा सुनिएको छ । विधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमालेले आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा जाने भन्दै एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन सचिव, एक महासचिवको व्यवस्था गरेको थियो । नवौं महाधिवेशनमा आइपुग्दा अध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव पद कायम गर्ने गर्ने गरी बन्द सत्रमा विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । निर्णय गरेको थियो ।


  •  
  •  
  •