६०-४० भागबण्डा गर्नुपर्ने ओलीसँग गौतमको अडान

289
  •  
  •  
  •  

काठमाडौं २० असार (ओएनएस) । पार्टी संसदीय दलको चुनावमा समिकरण परिवर्तन गरेर केपी ओली क्याम्पमा गएका उपाध्यक्ष वामदेव गौतमले ओली समूहबाट केन्द्रीय कमिटिका लागि दिइने उम्मेदवारीमा ४० प्रतिशत भाग खोजेका छन् ।

उनले ४० र ६० को भागबण्डामा टिम बनाउनुपर्ने अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । ओलीपक्ष ६० र अनुमापतामा वामदेवपक्ष ४० को भागबण्डामा टिम बनाउनेमा गौतमपक्षको ‘लविङ’ सुरु भएको छ । पदाधिकारीदेखि केन्द्रीयसदस्यसम्म भागबण्डा नमिले असहज हुने भन्दै गौतमले त्यसका लागि ओलीलाई प्रस्ताव गरेका हुन् । ओलीपक्षले भने त्यसलाई स्व्किार गरेको छैन । बुधवार राती भएको गौतम पक्षको गोप्य भेलामा ओली समूहसँग ४० प्रतिशतको अडान राख्ने सहमति भएको थियो ।

दुईजना उपाध्यक्षका लागि गौतम समुहबाट किरण गुरुङ र केशवलाल श्रेष्ठको नाम प्रस्ताव गरिने एक नेताले जानकारी दिए । उपाध्यक्ष गौतम पनि पार्टीको एउटा शक्ति भएकाले आगामि नेतृत्व चयनमा उनको सहभागिता समान हुनुपर्नेमा गौतमपक्षीय नेता एकमत रहेको एक नेताले जानकारी दिए ।

उनका अनुसार भूगोल, अन्चल, प्रतिष्ठान सबैमा ओलीपक्षसँग ६० र ४० को भागबण्डा मिलाउने गरी शुक्रबारबाटै थप छलफल हुनेछ । ‘यसअघि पनि त्यस विषयमा छलफल भएको हो’ ती नेताले भने, ‘सबै प्रतिनीधि काठमाडौं आइसकेकाले आज प्रतिनीधिको राय अनुसार थप छलफल हुनेछ ।’ यसैबीच महासचिबमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेललाई ओली समुहबाट उपाध्यक्षको उम्मेदवार बनाउनुपर्ने छलफल भएको एक नेताले जानकारी दिएका छन् । उनका अनुसार पर्तमान सचिब विष्णु पौडेललाई महासचिब बनाउनका लागि पोखरेललाई उापाध्यक्ष बनाउनुपर्ने छलफल चलेको छ । संसदीय दलको नेता चयनदेखि लिएर पार्टीको नवौं महाधिवेशनको सन्दर्भमा ओली र गौतम एउटै कित्तामा उभिएका छन् ।


  •  
  •  
  •