बालुवाटारमा ओली एक्स्प्रेस रेल र पानीजहाज

276
  •  
  •  
  •  

oli express rail and shipकाठमाडौँ, १० जेठ(ओएनएस) : नेपाल विद्यार्थी संगठनले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा डमी रेल र पानी जहाज चलाएर प्रधानमन्त्रीलाई व्यंग्य गरेका छन् ।

विभिन्न समयमा आफ्नो भाषणहरूमा ओलीले देशमा रेल चलाउने तथा नेपालको झण्डा राखेर पानीजहाज चलाउने जस्ता अभिव्यक्तिप्रति व्यंग्य गर्दै विद्यार्थीहरूले बालुवाटारमा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले प्रधानमन्त्रीले हावादारी कुरा मात्र गरेको प्रति व्यंग्य गर्दै विद्यार्थीहरूले ओली एक्स्प्रेस रेल र पानी जहाज समेत सडकमा गुडाएका थिए । उनीहरूले ओली एक्स्प्रेस लेखिएको डमी ‘रेल’ र ‘पानीजहाज’ चलाएका थिए ।

oli express rail and ship1कालोबजारी तथा महंगीविरूद्ध प्रधानमन्त्री निवास बालुवाटारमा खाली सिलिण्डर र पानीको जारसहित प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएका विद्यार्थीहरूले सरकारको संरक्षणमा कालोबजारी र महंगी मौलाएको भन्दै बिहान ८ बजेदेखि ९ बजेसम्म बालुवाटारमा प्रदर्शन गरेका थिए । उनीहरूले सरकार भ्रष्टाचार, कालोबजारी तथा महंगी नियन्त्रणका लागि गम्भिर बन्नुपर्ने समेत माग गरेका थिए ।

oli express rail and ship2प्रदर्शनकारीले ओली भाषामा ‘देश चलायौँ, सपना बाडेरै रमायौँ, महंगीको मारले रुवाउनुसम्म जनता रुवायौ, महंगीले ढाड सेकियो, दशको सामान नि ५० भो’ जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।

यस्तै, यहि १३ गते अपरान्ह ३ बजे रत्नपार्क पेट्रोल पम्प अगि ब्यगात्मक ओलि सडक सम्वाद समेत आयोजना गरिने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन् ।

oli express rail and ship3तस्विर : युपी लामिछानेको फेसबुकबाट

 


  •  
  •  
  •