काठमाडौं ३ पस ।
शिक्षामन्त्रालयले लिएको एमबीबीएस छात्रवृत्ती परीक्षाको प्रश्नपत्र बेचेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको अभियुक्त छुटाउन एमाले अध्यक्षकेपीशर्मा ओली र कांग्रेस नेता शेरबहादुर देउवाले दबाबदिने गरेको अख्तियार निकट स्रोतले दाबी गरेका छन् ।
प्रश्नपत्र बिक्री गरेको आरोपमा पक्राउ परेका गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल र निर्देशक देवीराम पाण्डेलाई छुटाउन दुई नेताबाट दबाबआउने गरेको अख्तियार स्रोतले जनाएको छ । दुवै जनाकलेजको मुख्य लगानीकर्ता हुन् ।
मंसिर २० गते शिक्षा मन्त्रालयले एमबीबीएस छात्रवृत्तीको लागि लिएको परीक्षा अगावै प्रश्नपत्र बेचेको आरोपमा अख्तियारले सिलवाल र पाण्डेसहित अन्यलाई पक्राउ गरेको थियो ।
ओली र देउवाले अख्तियार आयुक्त केशव बराल र कार्यवाहक सचिव प्रेमकुमार राईलगायत अन्य अधिकारीलाई बोलाएर सिलवाल र पाण्डेलाई मुक्तगर्न आग्रह गरेको अख्तियार स्रोतले जनाएको छ । दुवै नेताले आफू निकट प्रतिनिधिमार्फत प्रमुख आयुक्त लोकमान सिंह कार्कीसमक्ष समेत सन्देश पुर्याइसकेका छन् ।
‘प्रमुख आयुक्तले त्यस्ता आग्रहका फोन उठाउन छाडेपछि ओली र देउवासहितअन्य नेताले आयुक्त र अन्यअधिकारीलाई फोन गरेर निरन्तर दबाबदिइरहेका छन्’, तिअधिकारीले भने,’एकदम दबाबमा काम गर्नुपरेको छ ।’
मंसिर २० गते पाण्डे रंगेहात पक्राउ परेलगत्तै सिलवालले ओलीसँग भेटेर अख्तियारबाट बचाउन सहयोग मागेको स्रोतले जनाएको छ । सिलवाल एमालेमा केपीओली र विद्या भण्डारी निकट छन् । सिलवाल एमालेको भ्रातृ संगठन युवा संघका पूर्व उपाध्यक्ष पनि हुन् । ओलीकै आडमा उनी नेपालक्रिकेट एसोएसिन नेपाल (क्यान) का महासचिव पनि नियुक्त भएका थिए ।
सिलवाल मदन भण्डारी खेलकुद एकेडेमीका अध्यक्ष पनि हुन् । एकेडेमी विद्या भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउण्डेशनअन्तर्गत छ । सिलवाललाई एमाले र नेताओलीको आर्थिक सहयोगीको रुपमा लिइन्छ ।
अर्घाखाँची पुख्र्यौली घर भएका पाण्डे भने कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व नेता हुन् । सक्रिय राजनीतिमा नभए पनि उनको देउवा क्याम्पका नेतासँग हिमचिम छ ।
अख्तियारले नेवि संघका पूर्व नेता खेचर सापकोटा र डा. प्रभातकुमार कुशवाहलाई पनि नियन्त्रणमा लिएको छ । अख्यितारले प्रश्नपत्र किचबेच प्रकरणमा राजधानीका अन्य ८ कलेजका सञ्चालकलाई निगरानीमा राखेको छ । उनीहरुलाई देश छाडेर नजान भनिएको र प्रमाण भेटे कुनै बेलापनि नियन्त्रणमा लिन सकिने अख्तियार अधिकारीले बताए ।
अख्तियार स्रोतको यो दाबीलाई भने ओली र देवाका सहयोगीले खण्डन गरेका छन् । ‘सिलवाल एमालेका जिम्मेवार कार्यकर्ता हुन् । तर, उनलाई छुटाउन अध्यक्ष ओलीले दबाब दिएको भन्नु निराधार हो’, ओलीका व्यक्तिगत सहयोगी रमेश आचार्यले भने ।
देवाका सहयोगी भानु देउवाले पनि कांग्रेस नेताले यस्तो दबाब नदिने दाबी गरे । उनले सापकोटा र पाण्डे दुवै नेवि संघमा संलग्न नरहेको दाबी गरे ।
अख्तियार स्रोतका अनुसार प्रश्नपत्र किनबेचमा ठूलो गिरोह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘सबै गिरोहरु सार्वजनिक हुनेछन् र विशेष अदालतमा उभ्याइनेछ’, भ्रष्टाचारविरद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित एक कार्यक्रममा अख्तियार प्रमुख कार्कीले भनेका थिए ।
कान्तिपुरबाट