संविधानसभा तोडफोडमा ओलीको टिप्पणी : ‘गोरु नाङ्गै देख्दा लाज लागेको छैन ‘

115
  •  
  •  
  •  

kp-oliकाठमाडौं, ७ माघ (ओएनएस)  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी लगायत विपक्षी सभासदहरुले सोमबार राति संविधानसभा हलमा गरेको तोडफोडमाथि टिप्पणी गर्दै तोडफोड गर्नेहरु हेर्दा मान्छे जस्तो भएपनि नियत मान्छेको जस्तो नभएको बताएका छन् ।

आफ्नो निवास बालकोटमा पत्रकार सम्मेलन गर्दै ओलीले भने ‘ गोरु नाङ्गै देख्दा मलाई लाज लागेको छैन । सभामुखमाथि आक्रमण गर्नु , संविधानसभा स्थगित हुँदा पनि १५ मिनेट सम्म कुर्सिमा उचल्या छ, लत्ताले हानेको छ, तामासा गरेको छ , हेर्दा मान्छे जस्ता छन् , तर तमासा हेर्दा मान्छे लाग्दैन । ’

उनले गफ चै क्रान्तिकारी गर्ने चुट्नेतर संविधानसभा हलमा भएको तोडफोड गर्ने भन्दै तोडफोडको निन्दा गरे । ‘ बैठक चलिरहदा गुटुटु कुदेको छ, मर्यादा पालकलाई लछार–पछार पारेको छ, हात भाचिदिएको छ, मर्यादापालक सिल्भरको त होइन नी । ’ ओलिले भने ‘मलाई पनि लामो समयदेखि आक्रमण गर्ने योजना रहेछ । तर संयोगबस बचे । चार पटक प्रहार गरे । पहिलो प्रहारले सामान्य लाग्यो पनि । ’

उनले एमाओवादी ले जसरी पनि माघ ८ कटाउन चाहेको भन्दै सहमतिको बाधक उनीहरु नै भएको बताए । उनले भने ‘एक छिनमा एउटा कुरा गर्ने त्यसपछि अर्काे कुरा गर्ने । उनीहरको नियत जसरी हुन्छ माघमा संविधान ल्याउन नदिनु हो । ’

उनले संविधानसभा पक्ष विपक्ष नहुने भन्दै संविधानसभा सहमतिमा संविधान बनाउने थलो भएको बताए । उनले शान्ति, लोकतन्त्र, एकता कायम गर्ने संविधान एमालेले चाहेको बताए । तर जनता भूगोलको आधारमा जनता टुक्र्याउने एकदलीय एकाधिकारवाद ल्याउने संविधान स्वीकार नगर्ने बताए ।

उनले सहमतिको अधारमा अघि बढ्न बताउँदै सहमति नभए प्रक्रिया अनुसार अघि बढ्ने बताए । ‘यो संविधानसभा विघटनको नियतीको भोग्नको लागि होइन, यो संविधानसभा गल्ति सच्चाएर संविधान निर्माण गर्नको लागि बनेको हो । ’

उनले डा. बाबुराम भट्टराईले ४७ सालमा आर्यघाटमा सेलाएका मसानहरु सल्बलाएको भनि गरेको टिप्पणीको जवाफ दिदै संविधानसभामा वितण्डा मच्चाउने चाहि ‘कहाँका मसान हुन् भनी प्रश्न गरे । ’

ओलीले आफ्नो सम्पूर्ण ध्यान संविधानमा केन्द्रीत भएको बताउँदे सरकारमा आफ्नो चासो नभएको बताए ।


  •  
  •  
  •