राष्ट्रिय सरकार बनाउन ओलीले गरेको प्रस्ताव मधेशी मोर्चाद्वारा अस्वीकार

222
  •  
  •  
  •  

kp oliकाठमाडौं, १९ मंसिर (ओएनएस) : नेकपा एमालले राष्ट्रिय सरकार बनाउन गरेको प्रस्तावलाई मधेशी मोर्चाले अस्वीकार गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमा शुक्रबार भएको छलफलमा एमालेले मधेसवादी दलहरुसँग राष्ट्रिय सरकार निर्माणको प्रस्ताव दोह¥याएको थियो ।

एमालेका पदाधिकारी र मधेसवादी दलका नेताबीच भएको करिब तीन घण्टा लामो बैठकमा तोकिएकै समयमा संविधान जारी गर्नका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा एमाले नेताहरुले राखेका थिए । एमालेको प्रस्ताव मधेसवादी दलहरुले भने अस्वीकारगर्दै संविधान जारी गर्न निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए । दुबै पक्षबीच निरन्तर छलफल गरेर छिटोभन्दा छिटो संविधानका विवादित विषयमा टुंगो लगाउने पनि सहमति भएको छ ।

 दुबै पक्षले संविधानका विवादित विषयमा निकट भएर सहमति खोज्न केही दिनमै अर्को बैठक बस्ने सहमति गरेका एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । बैठकमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी थिए । मधेसवादी दलहरुका तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो लगायत दलका नेताहरु बैठकमा सहभागी थिए ।


  •  
  •  
  •