जातीय राज्यको कल्पनासम्म गर्न सकिँदैन : ओली

87
  •  
  •  
  •  

काठमाडौँ, २३ असोज (ओएनएस) :  एमाले अध्यक्ष केपी ओलीले जातीय राज्यको कल्पनासमेत गर्न नसकिने बताएका छन् । दलहरुबीच संघीयताका विषयमा विवाद कायम रहेका बेला अध्यक्ष ओलीको यस्तो भनाई आएको हो ।

एमाले संसदीय दलको बिहीवार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालका अधिकांश गाउँमा विभिन्न जातजातिको बसोबास रहेको तर्क गर्दै सबै जातजातिलाई राज्य बाँड्न नमिल्ने तर्क गरे । उनले नेपाल, नेपाली, नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय भाषा र राष्ट्रियताका बारेमा नयाँ बन्ने संविधानमा कुनै फेरबदल हुन नसक्ने दाबी गरे ।

उनले मुलुकभित्र बहुजातीय, बहुभाषिक, विविधतायुक्त र मिश्रित जातजातिको बसोवास भएकाले सबै वर्ग, जाति, भाषा र संस्कृतिको हित हुने गरी संघीयताको निर्माण हुनुपर्ने बताए ।   सो अवसरमा नेता माधवकुमार नेपालले जुनै सहमति गरेर भए पनि माघ ८ गते संविधान जारी गर्नुपर्ने बताउँदै स्थानीय निकाय निर्वाचनका लागि एमालेले सहमतिको वातावरण निर्माण गर्नुपर्ने बताए ।


  •  
  •  
  •