कानुनी अड्चन भए डा. केसीलाई सोध्नुहोस्: ओली

369
  •  
  •  
  •  

काठमाडौं,२६ पुस (ओएनएस): नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानूनी कुरामा भ्रम भए डा. गोविन्द केसीसँग सोध्न सुझाव दिए ।

निर्वाचन अायाेगलाई कटाक्ष गर्दै अाेलीले कानूनी कुरामा नै अप्ठेरो लाग्यो भने गोविन्द केसीजीसँग गए हुन्छ । केसीले धेरैवटा कानून भनिराख्नु भएको छ । त्यो अदालतले जान्ला’ ओलीको ब्यङ्ग्य गरे । नियमित स्थास्थ्य जाँचका क्रममा थाइल्याडको राजधानी बैंकक जाने क्रममा बुधवार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष ओलीले सरकार हस्तान्तणका लागि गर्नुपर्ने आवस्यक तयारी मात्र वर्तमान सरकारले गर्न सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने र प्रमुख नियुक्त गर्ने सरकारको दायित्व भएपनि अलमल गरिरहेको आरोप लगाएका छन् । उनले नयाँ सरकार गठनमा निर्वाचन आयोग विभिन्न बाहाना खोजिएको आरोप लगाएका छन् । जनताको अभिमतको अनादर र अबमूल्यन गर्दै नयाँ सरकार गठनमा अबरोध गर्न लज्जाजनक ढंगले विभिन्न प्रकारका बाहाना खोजिएको ओलीको आरोप छ । उनले निर्बाचन आयोग ‘व्याल्कमेलिङको शिकार भएको टिप्पणी सुनिने गरेको बताए ।


  •  
  •  
  •