सूर्य धनु राशीबाट मंकर राशीमा प्रवेश गर्ने दिनको रूपमा हरेक वर्ष माघ १ गते मकर सक्रान्ति मनाउने गरिन्छ । प्राचिन परम्परा अनुसार यो दिनमा दान र नदीमा स्नान गर्नुको विषेश महत्व हुने बताइन्छ । जुन मानिसले सक्रान्तिको दिनमा दान गर्छन् उनीहरूलाई अक्षय पुण्य प्राप्त हुने विश्वास गरिन्छ र दुःख तथा दुखाईबाट मुक्ति मिल्छ ।
मकर सक्रान्तिमा केही यस्ता काम छन् जुन काम गर्नाले स्वस्थ रहनुका साथै धर्म पनि पाउन सकिन्छ । देशभर मकर सक्रान्ति फरक-फरक रीति-रिवाज अनुसार मनाइन्छ । यो दिनको धार्मिक तथा वैज्ञानिक महत्व रहेको छ । विज्ञानका अनुसार मकर संक्रान्ति पर्व स्वास्थ्यका दृष्टीकोणले विषेश फाइदाजनक हुन्छ । सूर्य मकर राशीमा प्रवेश गर्नाले चिसो कम हुँदै जान्छ ।
मकर संक्रान्तिबाट सूर्य उत्तरायण हुन्छ । ग्रन्थका अनुसार उत्तरायणको अवधीलाई देवताहरूको दिन तथा दक्षिणायनको अवधीलाई देवताहरूको रात्रिको समय हो । यस प्रकार मकर संक्रान्तिलाई देवताहरूको प्रभात काल मान्ने गरिन्छ । यो दिन स्नान, दान, जप, तप, श्राद्ध तथा अनुष्ठान आदिको अत्याधिक महत्व हो । पुरानो मान्यता अनुसार संक्रान्तिमा गरिएको दानले सयौ गुणा पुष्ण फल दिन्छ । खगोल विज्ञानका अनुसार यो दिन सून्य आफ्नो कक्षमा परिवर्तन गरेर दक्षिणायणबाट उत्तरायण भएर मकर राशीमा प्रवेश गर्छ । जुन राशीमा सूर्यको कक्ष परिवर्तन हुन्छ, त्यसलाई सक्रमण या संक्रान्ति भन्ने गरिन्छ ।
मकर संक्रान्तिमा के काम गर्ने ? थाहा पाउनुस्…
- सूर्यको पूजा गर्नेः पुरानो परम्परा अनुसार मकर संक्रान्ति सूर्यको पूजा गर्ने दिन हो । यो दिनमा सूर्यको विषेश पूजा गर्नुपर्छ । बिहान चाँडै उठेर नित्यकर्म गरेपछि सूर्यलाई जल चढाउने । जल चढाउनका लागि तामाको कलश या अम्खोरा प्रयोग गर्नुपर्छ । यदी कुण्डलीमा सूर्य अशुभ स्थितिमा छ भने मकर संक्रान्तिमा सूर्यको पूजा अनिवार्य गर्नुपर्छ । सूर्य मान-सम्मानको कारक ग्रह पनि हो । सूर्यको कृपाबाट समाज र घर-परिवारमा सम्मान पाउन सकिन्छ ।
- केही बेर घाममा बस्नेः चिसोको दिनमा बिहान-बिहान सूर्यको प्रकाशमा बस्नाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । चिसोबाट बच्नका लागि तथा शरिरमा उर्जा प्राप्त गर्नका लागि सूर्यको प्रकाशमा बस्ने गरिन्छ । विषेश रूपले मकर संक्रान्तिमा सूर्यको किरण हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले छालाको चमकता बढाउँछ । सूर्यको किरणको चमत्कारी असरलाई हेर्दै यस दिनमा चंगा उडाउने परम्परा पनि रहिआएको छ । त्यसैले यस दिनमा केही बेरमा सूर्यको प्रकाशमा केही बेर बस्नु फाइदाजनक हुन्छ ।
- तिल-शक्खर खानेः चिसोको दिनमा तिल-शक्खर निकै फाइदाजनक हुन्छ । यसकारण समय-समयमा यसको प्रयोग गर्नु राम्रो हुन्छ । तिल र शक्खरले हाम्रो शरिरमा तातोपना उत्पन्न गराउँछ । तिल-शक्खरको यही विषेशतका कारण पुरानो समयदेखी नै मकर संक्रान्तिमा यसको प्रयोग गरिने गरिन्छ । संक्रान्तिको समयमा तिल-शक्खर खानाले हाम्रो शरिरमा चिसोबाट लाग्ने रोगबाट लड्ने क्षमताको बृद्धी हुन्छ ।
- तिलको दान: संक्रान्तिमा दान-पुण्य गर्नुले विषेश महत्व राख्दछ । ज्योतिषका अनुसार यो दिनमा सबै मानिसले तिल दान गर्नुपर्छ । यो काम सबै राशीका मानिसकालागि फाइदाजनक हुन्छ । संक्रान्तिमा तिल खाने र तिलको दान गर्नाले सबैभन्दा राम्रो र असरदार उपाय हो । तिलको दानले तपाईको कुण्डलीमा रहेको केही दोषहरूको असर कम हुन्छ । कुण्डलीको दोष जस्तै, कालसर्प योग, शनीको साढेसातको दशा, राहु-केतुको दोष दूर हुन्छ ।