शुक्रबारदेखि ओलम्पिक टर्च र्‍याली

73
  •  
  •  
  •  

काठमाडौं । यहि मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि शुक्रबारदेखि ओलम्पिक टर्च र्‍याली हुने भएको छ ।

काठमाडौंबाट विराटनगरमा लगिने ओलम्पिक टर्च ७ प्रदेशको भ्रमणपछि काठमाडौं ल्याइने भएको हो ।  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी टर्च र्‍यालीको जिम्मेवारी पाएको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघले प्रदेशका

विभिन्न स्थानमा पुर्‍याएपछि १५ गते उद्घाटनस्थल दशरथ रंगशाला ल्याउने जानकारी दिएको छ ।
टर्च र्‍याली राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम छ । काठमाडौंबाट विराटनगरसम्म गरिने टर्च र्‍याली दोस्रो दिन विराटनगरबाट धनुषा पु¥याइने छ ।

तेस्रो दिन हेटौंडा हुँदै चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल, पाँचौं दिन सुर्खेत पु¥याएर नेपालगञ्ज लग्ने तयारी भएको संघले जनाएको छ । छैटौं दिन धनगढी हुँदै पोखरा पुर्‍याइ आठौं दिन पोखराबाट काठमाडौंस्थित दशरथ रंगशालामा ल्याइने छ ।


  •  
  •  
  •