गाविस सचिव गाँउ नगएपछि स्वास्थ्य व्यवस्थापन समिति गठन हुन सकेन

356
  •  
  •  
  •  

ओखलढुंगा ९ भदौ (ओएनएस):  गाविस सचिव गाँउ नगएपछि ओखलढुंगाको खिजिकातीमा लामो समयदेखि स्वास्थ्य व्यवस्थापन समिति गठन हुन सकेको छैन ।  उपस्वास्थ्य चौकिको पहलमा पछि ५ पटक सम्म आमभेला बसे पनि जनप्रतीनिधीविहीन स्थानीय निकायको जिम्मेवारी सम्हालेका गाविस सचिव गाँउ नगएकै कारण स्वास्थ्य व्यवस्थापन समिति गठन हुन नसकेको हो ।

पुरानो समितिको कार्यकाल सकिएको लामो समय सम्म पनि नयाँ व्यवस्थापन समिति गठनहुन नसक्दा उपस्वास्थ्य चौकी र प्रसुती गृहबाट प्रदान गरिने सेवा प्रभावित भएको छ ।

गाविस सचिव नै अध्यक्ष रहने व्यवस्था भए पनि सचिव फर्केरै गाँउ नगएको र कार्यबहाक पनि अर्को व्यक्तिलाई नतोकेका कारण कार्यलयको खाता सञ्चालन,कर्मचारी व्यवस्थापन लगाएतमा समस्या भएको उपस्वास्थ्य चौकि खिजिकातीले जनाएको छ ।

गाविस सचिव गणेश वास्तोला गाविसको जिम्मेवारी सम्हालेको ८ महिना वितिसक्दा पनि अहिले सम्म २ पटक मात्रै गाँउ गएका छन् ।


  •  
  •  
  •