ओखलढुङ्गामा ट्याक्टर दुर्घटना : ४ को मृत्यु

188
  •  
  •  
  •  

ओखलढुङ्गा, १७ पुस (ओएनएस) : ओखलढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका–१ मा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण १ का दयाराम दाहाल, माम्खाका अमर बहादुर बस्नेत, कुइभिरका रबिन अधिकरी र चालक आङनिमा शेर्पा छन् ।

गाई–भैसीको मल लिन गएको स १ त ३४४६ नं को ट्याक्टर सिद्धिचरण नगरपालीका–१ स्थित वनपाले भिरमा दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट आएको मोटरसाईकललाई साइड दिने क्रममा ट्याक्टर बाटोबाट करीव ६ सय मिटर तल खसेको थियो ।


  •  
  •  
  •