आयल निगमद्वारा सरकारसँग दश अर्ब माग

101
  •  
  •  
  •  

 

काठमाडौं, ५ असार (ओएनएस) नेपाल आयल निगयमले मुल्य स्थिरिकरण कोषको स्थापनाकालागि  निगमले सरकारसँग १० अर्ब रुपैयाँ माग गरेको छ । बिहीवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले संसदीय अध्ययन सुझाव समितिले पेट्रोलियम पद्धार्थको आपूर्ति र वितरणलाई व्यवस्थित गर्न दिएका सुझावहरु कार्यान्वयन गर्ने र पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्न बैकल्पिक उर्जाका स्रोतहरु प्रवद्र्धन र व्यावसायिक प्रयोगमा ल्याउन सम्बन्धित निकायसँग छलफल गर्ने भट्टले योजना सुनाए ।

‘निगमको सुधारका लागि अल्पकालीन र दीर्घकालीन नीति अबलम्बन गरी अघि बढ्छौं’ उनले भने ।पेट्रोलियम पदार्थमा हुने चोरी रोक्न आधुनिक ढुवानी प्रविधि अपनाउनुपर्ने बताएका छन् । उनले कमजोर सिलिङ प्रणालीका कारण तेल चोरी हुने गरेको तर्क गर्दै आधुनिक प्रविधिमा ढुवानी गर्नुपर्ने बताए डा. भट्टले चोरीमा निगमकै कर्मचारी संलग्न हुने गरेको उल्लेख गरे ।

‘पेट्रोलियम पद्धार्थको ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्न परम्परागत कमजोर सिलिङ प्रणालीको बदलामा आधुनिक प्रविधिमा आधारित लकिङ तथा भेइकल ट्रयाकिङ सिस्टम प्रयोगमा ल्याउने गृहकार्य भइरहेको छ’ उनले भने । हाल निगमको मासिक घाटा १२ करोड ८८ लाख र कूल घाटा ३६ अर्ब ६६ करोड १० लाख रुपैयाँ रहेको छ । निगमको घाटा कम गर्न स्वचालित मूल्य प्रणालीमा जाने उनले बताए । ग्यासमा भने नीलो र रातो रंगको सिलिन्डर प्रयोगमा ल्याइने र दोहोरो मूल्य कायम गरिने भट्टले जानकारी दिए ।


  •  
  •  
  •