९० करोड बोनस जसरी पनि कुम्ल्याउने तयारीमा निगम कर्मचारी

247
  •  
  •  
  •  

काठमाडौं १७ फागुन ।
उपभोक्ताबाट चर्को मूल्य असुलिरहँदा पनि घाटामा गुज्रिरहेको नेपाल आयल निगमका कर्मचारी सरकारको निर्देशनविपरीत ‘बोनस’ खाएरै छाड्ने तयारीमा जुटेका छन् ।निगम कर्मचारीले सरकारविरुद्व हालेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश दिएपछि उनीहरुको मनोबल अझ बढेको छ । बोनसबापत ९० करोड रुपैयाँ बाँड्ने चलखेलमा लागेको निगमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत नियमनकारी निकायले रोकेपछि उनीहरुले अदालतको आड लिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपनि सरकारलाई १२ अर्व ६४ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको छ । तर, उक्त नाफाबाट ऋण तिर्नुको साटो ‘बोनस’मा रकम थुपारिएको छ । २०७१ र २०७२को बोनसमा जम्मा भएको ९० करोड रुपैयाँ उम्काउन निगमका कर्मचारी बहाना खोजिरहेका छन् ।
नागरिकबाट


  •  
  •  
  •