संसदीय समितिद्वारा आयल निगमले किनेको जग्गाको अनुगमन

103
  •  
  •  
  •  

nepal oil corporation
चितवन, १० भदौ (ओएनएस) : आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्न व्यवस्थापिका संसद अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्र्तगतको उपसमिति त्यहाँ पुगेको छ ।

उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले चितवनको राप्ती नगरपालिका लोथर पुगेर जग्गाको निरीक्षण गरेको जनाएको छ । स्थलगत निरीक्षणको क्रममा टोलीले जनप्रतिनिधी, स्थानियबासी र सरोकारवालाहरुसँग जग्गाको वास्तविक मुल्यको बिषयमा जानकारी समेत लिएको छ ।

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा गरेको जग्गा खरिदमा आर्थिक चलखेल भएको विषय समितिमा प्रवेश भएपछि समितिले त्यसको छानविन गर्न उपसमिति गठन गरेको थियो । अनुगमनका क्रममा जग्गाको मुल्यमा एकरुपता नपाईएको र जग्गा प्राप्ती ऐन विपरित भएको प्रारम्भीक ठहर उपसमितिले गरेको छ ।

नेपाल आयल निगमले राप्ती नगरपालिकाको वडा नं। १ लोथर ड्याकको आडमा २३ बिघा १२ कठ्ठा जग्गा प्रति कठ्ठा १५ लाख ८५ हजार रुपौयाँका दरले खरिद गरेको थियो ।


  •  
  •  
  •