जग्गा खरिदमा अनियमितता भएको लेखा समितिकाे ठहर 

239
  •  
  •  
  •  

nepal-oil-corporation-3
काठमाडौं, २० साउन (ओएनएस) : व्यवस्थापिका संसदअन्तर्गतको सार्वजनिक खेला समितिले नेपाल आयल निगमले जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले यसबारे विस्तृत अध्ययन गरि कारबाही अगाडि बढाउन अख्तियार दुरुपयोग आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

समितिले निगमले विभिन्न सात प्रदेशमा तेल भण्डारणका लागि किनेको भनिएको जग्गा खरिद प्रक्रिया सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन नगरिएको, जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको ठहर गरेको छ ।
निगमले तेल भण्डारणका लागि झापा, चितवन र भैरहवामा महंगोमा जग्गा खरिद गरेको छ ।

तत्कालिन समयमा व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण समितिले ७ प्रदेशमा इन्धन भण्डारण्का लागि सार्वजनिक जग्गा खरिद गर्ने भनी दिएको निर्देशन विपरित निजी क्षेत्रको जग्गा खरिद गरेको पाइएको, जग्गा प्राप्ति ऐनलाई वेवास्ता गरि टेण्टर प्रक्रियामा गएको तथा चलनचल्तीको मूल्य भन्दा बढी मूल्यमा किनेको ठहर समितिले गरेको छ ।


  •  
  •  
  •