आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली, यात्रुलाई सास्ती

311
  •  
  •  
  •  

bus station BICC for earthquake victim3
फाइल फोटो

काठमाडौ, १० असोज(ओएनएस) : सरकारले आजदेखि लागू हुनेगरी देशभरका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुनेछ । अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसाधन, एम्बुलेन्स, दमकल, शबवाहन, प्रेस, विद्यालयको गाडी तथा पेट्रोलियम पदार्थ, तरकारी, फोहोर बोक्ने, दूध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन ।

सरकारले पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरूपमा सञ्चय नगरिदिनु हुन पनि सबैलाई अनुरोध गरेको छ । पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको गृह मन्त्रालयको भनाइ छ ।

जोर बिजोर प्रणाली लागू भएपछि सर्वसाधारणले कष्ट बेहोर्नु परेको छ । आज १० गते जोर गाडीहरूमात्र चलेको हुनाले सार्वजनिक यातायातहरूमा मानिसहरूको भीड छ । आफ्नो गन्तव्यमा पुग्नका लागि सर्वसाधारण ढोकामा उभिएर शरिर ढोकाबाट बाहिर निस्कने अवस्थामा समेत यात्रा गर्न बाध्य भएका छन् । आज उपत्यकामा सार्वजनिक बिदा भएपनि गाडीमा यात्रुहरूले खुट्टा राख्ने ठाऊँसम्म पाएका छैनन् । निकै कष्टकर यात्रामा यात्रुहरू गन्तव्यतर्फ गइरहेका छन् ।


  •  
  •  
  •