सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीबाट एक वडा सचिवलाई घुससहित पक्राउ गरेको छ ।
जिल्लाको महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट मंगलबार साँझ घूससहित पक्राउ गरिएको हो ।
राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मिश्रलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको हो ।
जन्मदर्ता बनाइदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको आरोप छ ।