दोश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन सम्पन्न

73
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक  (ओएनएस) : दोश्रो राष्ट्रिय अकुलोप्लाष्टिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अकुलोप्लाष्टिक क्षेत्रमा नयाँ आयाम थपेको अकुलोप्लाष्टिक विशेषज्ञ तथा आयोजक समितिका अध्यक्ष डां रोहित सैजुंले बताए ।

सम्मेलनमा अकुलोप्लाष्टिक र त्यसको उपचारबारे जानकारी दिइएको थियो । आँखाका डाक्टरहरुलाई प्लाष्टिक सेवा तथा शल्यक्रिया विधामा आकर्षित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनको नेपाल अफथाल्मीक सोसाइटी र तिलगंगा आँखा अस्पतालले संयुक्त रुपमा आयोजना गरेको हो ।

नेपालमा बार्षिक ८ हजार ७ सय अकुलोपष्टिक समस्या भएका विरामी आउने सैंजुले जानकारी दिए । त्यसमध्ये १ हजार २ सयले यसप्रकारको शल्यक्रिया गर्छन उनले भने ।
अकुलोप्लाष्टिकमा आँखाको वरिपरिको भाग, परेला ,आँशुको नली, तथा आँखाका वरिपरीका हड्डीलगायत पर्छन । अकुलोप्लाष्टिक सर्जरीमा आँशुको नली सांघुरो भएर वा बुझिएर आँशु आइरहने, आँखाको डिल तल झर्नेलगायत समस्याको उपचार गरिन्छ ।

यो रोगको शल्यक्रिया जटिल र सामान्य दुवै हुने बताइएको छ । कुनै शल्यक्रिया एकदमै जटिल हुने भएकोले न्यूरो, इएनटी, जनरल प्लाष्टिक सर्जनसँग मिलेर मात्र गर्नुपर्ने उनले जानकारी दिए ।
यस्तो शल्यक्रिया गर्न ५ देखि ३० हजार रुपैयाँसम्म लाग्ने बताइएको छ ।


  •  
  •  
  •