संसद बैठकमा दुई पक्षको अवरोध, २० गतेसम्मका लागि स्थगित

232
  •  
  •  
  •  

काठमाडौँ, १५ मंसिर(ओएनएस) : मंगलबार बसेको व्यवस्थापिकाको संसदको बैठकमा भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै नाराबाजी गरिएको छ ।

बैठक सुरु हुनासाथ सभासमुख ओनसरी घर्तीले कांग्रेस सांसद फर्मुला मनसुरलाई समय दिएपछि पहिले मधेसी मोर्चाले मधेसको माग सम्बोधन गर्न भन्दै रोष्ट्रम घेरेर नाराबाजी गरेका छन् भने नेपाल मजदुर किसान पार्टीका सांसदहरूले भारतले गरेको हस्तक्षेपको विरोधमा नाराबाजी गरेका छन् । नेमकिपाका सांसदहरूले भारतीय राजदूत रञ्जित रे विरुद्ध नाराबाजी गर्दै भारतीय नाकाबन्दी फिर्ता गर्, राजदूत रेलाई फिर्ता गर्, देश विखण्डन गर्न पाइँदैन जस्ता नारा लगाएका थिए ।

यस्तै उनीहरूले सुनसरी घटनाका दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

मधेसी मोर्चा र नेमकिपाका सांसदहरूले संसद अबरूद्ध गरेपछि सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापिका संसदको आजको बैठक स्थगित गर्दै २० गतेका लागि बोलाएकी छिन् । व्यवस्थापिका संसदको आगामी बैठक मंसिर २० गते १ बजे बस्नेछ ।


  •  
  •  
  •