विश्वका सबैभन्दा धेरै मोटा मानिस अमेरिकामै किन ?

159
  •  
  •  
  •  

obesity rates in USAविश्वका सबैभन्दा मोटा मानिसहरू अमेरिकामा छन् । लगभग तीन मानिसमध्ये १ जना मानिस मोटो र अर्को एक जना ओभरवेटको भेटिन्छ । यो दर विश्वको सबैभन्दा धेरै हो । यस्तै, पछिल्लो २५ वर्षमा यो दर दुईगुणाले बढ्दैछ । यसै कारण अमेरिकाका मानिसहरूमा टाइप २ डाइबेटिज महामारीका रूपमा फैलिएको छ ।
किन यसरी बढ्दैछ अमेरिकीहरूमा यस्तो मोटोपनः

१. उमेर समूहः अमेरिकामा माटोपनले सबैभन्दा बढी पिडित युवाहरू छन् । तर, पछिल्लो २० वर्षमा यो दर परिवर्तन भएर १५-२५ प्रतिशत बच्चाहरू समेत यसको शिकार हुने गरेका छन् । १२ देखी १८ वर्षका बच्चाहरूमा मोटोपन बढ्ने र मोटोपनसँग सम्बन्धित रोगहरूले ग्रस्त हुने गरेका छन् ।

२. जेण्डरः अमेरिकामा ६६ मिलियन मानिसहरू(३० मिलियन पुरूष र ३६ मिलियन महिला) मोटोपनले पिडित छन् भने ७४ मिलियन मानिसहरू (४२ मिलियन पुरूष र ३२ मिलियन महिला) ओभरवेट छन् ।

३. नवजात शिशुः अमेरिकामा युवाहरू या बच्चाहरू मात्र नभई नवजात शिशु समेत मोटोपनले पीडित हुने गरेका छन् । यो सबै मेडिकल डिस्अर्डरका कारण हुने गरेको छ । जुन महिलाहरूमा पहिलेदेखी नै डायबेटिज हुने गर्छ उनका नवजात शिशुहरू मोटो हुन्छन् । यीनैमध्ये ८० प्रतिशत बच्चाहरू युवावस्थामा ओभरवेट हुने गर्छन् । साथै उनीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिन्छन् । साथै, युवाहरूमा नै डायबेटिज, हाई कोलेस्ट्रोल र हाई ब्लड प्रेसर जस्ता समस्या देखिने गरिन्छ ।

४. बृद्धहरूः युवाको तुलनामा बृद्धहरूमा कम मोटोपन हुने देखीएको छ । किनकी अमेरिकामा सबैभन्दा बढि मोटा मानिसहरू युवा छन् । बृद्धहरूमा मोटोपन नहुनुको कारण हो उनीहरूको सामाजिक र आर्थिक अवस्था ।

५. सबैभन्दा बढी मोटोपन कोलम्बियामाः अमेरिकाको कोलम्बिया शहरको मिसिपिसी शहरमा सबैभन्दा बढी मोटा मानिसहरू छन् । त्यहाँ ३४.४ प्रतिशत युवा, ओभर वेट युवा ६७.४ प्रतिशत र १७.८ प्रतिशत बच्चाहरू मोटोपनले पीडित छन् ।

किन हुन्छ मोटोपन
अमेरिकाको सबैभन्दा बढी मोटोपनको कारणको हो प्रासेस्ट फुड, जंक फुड, सोडा र त्यहाँको लाईफस्टाइल नै हो । यसबाट सबैभन्दा बढी बच्चाहरू प्रभावित छन् । के-के कारण छन् अमेरिकामा मानिस मोटाउनुको कारण ?

१. डाइटः फास्ट फूड अमेरिकाका मानिसहरूलाई मोटो बनाईरहेको छ । ४ देखी १९ वर्षका उमेरका हरेक तीन बच्चा फास्ट फूड खाने गर्छन् । ह्यामबर्गर, फ्रेन्च फाइ र डोनट्स उनीहरूको मुख्य खाना हो । यी खानामा फ्याट र कार्बोहाइड्रेट्सको मात्रा निकै धेरै हुन्छ, यसले शरिरमा अनावश्यक रूपमा धेरै क्यालोरीको निर्माण हुन्छ र बच्चाहरूमा मोटोपन बढ्दै जान्छ ।

२. सु्स्त लाईफस्टाइलः अमेरिकीहरूले निकै कम शारीरिक परिश्रम गर्छन्, र सधै सोफा वा बेडमा बसेर टिभी हेर्ने गर्छन् वा दिनभर कम्प्युटरमा काम गर्ने गर्छन् । यी सबै कामहरूका क्रममा उनीहरू बसी-बसी खाने गर्छन् । यसले मानिसमा मोटोपन बढाउने काम गर्छ ।

३. सामाजिक परिवर्तनः बढ्दै गएको प्रविधी पनि मोटोपनको एक कारण हो । प्रविधीका कारण मानिसहरूले शारीरिक प्ररिश्रम गर्न बिर्सिएका छन् । जसमा मानिसहरू एक ठाऊँमा बसेर काम गर्छन् र जंक फुड खाने गर्छन् । यसका साथै पार्टी या बाहिर जाने र त्यहाँ जंक वा प्रासेस्ट फुड खानु पनि मोटोपनको शिकार हुने प्रमुख कारण हो ।


  •  
  •  
  •  

Comments are closed.