काठमाडौं १७ पुस ।
मेरिकी राष्ट्रपति बाराक ओबामाले एक नवविवाहित जोडीसँग माफी मागेका छन्। राष्ट्रपतिको गल्फ कार्यक्रमका कारण उक्त जोडीले आफ्नो विवाह स्थल परिवर्तन गर्नुपरेको थियो। हवाईमा नताली हेमल र एडवर्ड मेलु जुनियरले आइतबार राष्ट्रपतिको होलिडे होमस्थित सेनाको गल्फ मैदानमा विवाह कार्यक्रम राखेका थिए।
तर, ओबामाको गल्फ कार्यक्रमका कारण उनीहरूले अन्तै विवाह गर्नु परेको थियो। ओबामाले यो कुरा थाहा पाएपछि नतालीलाई फोन गरेर सुरुमा विवाहको बधाई दिए र गल्फ कार्यक्रमका कारण विवाहस्थल परिवर्तन गर्नु परेकोमा दु:ख व्यक्त गरे। ओबामाले भने, ‘विवाहको कार्यक्रमबारे पहिले जानकारी दिएको भए त्यहाँ खेल्दैनथ्यौं।’
हेमलकी बहिनी क्रिस्टी म्याककोन्नलका अनुसार विवाहको एक दिनअघि शनिबार विवाहको स्थान परिवर्तन गर्न बताइएको थियो। ओबामा र उनका साथीहरू गल्फ खेर्न चाहेको भन्दै परिवर्तन गर्न दबाव दिइएको उनले बताइन्। क्रिस्टीले भनिन्,’दम्पती केही क्षण दबावमा परेको थियो।
ओबामाले फोन गरेपछि उनीहरू खुसी छन्।’ नताली हेमल र एडवर्ड मेलु जुनियर दुवै अमेरिकी सेनाको क्याप्टेन पदमा कार्यरत छन्। एजेन्सी