एजेन्सी,: अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानका सर्वोच्च धार्मिक नेता आयातुल्लाह अली खामेनीलाई गोप्य पत्र लेखेका छन् । ओबामाले खामेनीलाई गोप्यपत्र लेखेको यो चौथो पटक हो ।
पत्रमा इस्लामिक स्टेट (आईएस) विरुद्धको युद्धमा सहयोगसम्बन्धमा छलफल गर्नको लागि आग्रह गरिएको छ । साथै परमाणु सहमतिका लागि समेत अनुरोध गरिएको पत्रमा आईएसविरुद्ध सुरु अभियानमा इरानको महत्वमाथि प्रकाश पारिएको छ ।
यता खामेनीले भने अमेरिकीले जातिय समूहलाई भड्काएर हिंसा फैलाउन खोजेको आरोप लगाएका छन् । यसै महिनाको अन्त्यमा इरानको परमाणु मुद्दाबारे कुनै सम्झौतामा पुग्न अमेरिकासँग विश्वका ६ मुलुकले प्रयास गरिरहेका छन् ।