अमेरिकी राष्ट्रपति ओबामा बिरामी

523
  •  
  •  
  •  

Barack-Obamaकाठमाडौ, २१ मंसिर(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओवामा घाँटीको समस्याका कारण अस्पताल पुगेका छन् । व्हाइट हाउसलाई उदृत गर्दै बीबीसीले ओबामाले आफ्ना चिकित्सकसँग केही हप्ताअगाडि देखिनै आफ्नो घाँटीमा समस्या रहेको बताएको उल्लेख गरेको छ ।

बीबीसीका अनुसार उनको घाँटी खराब हुनुको कारण एसिड रिफ्लक्स रहेको उनका चिकित्सकको भनाईलाई उदृत गर्दै लेखेको छ । एसिड रिफ्लक्सको समस्या पेटमा बन्ने अम्ल घाँटीसम्म आउँदा देखीने गर्छ । यो एउटा आम समस्या भएको र यसलाई गम्भिर रोगका रूपमा नहेरिने बताइएको छ ।

शनिबार राष्ट्रपति ओबामाको फाइबर अप्टिक टेष्ट गरिएपछि सिटी स्क्यान पनि गरिएको थियो । ओबामाका चिकित्सक रोनी एल ज्याक्सनद्धारा जारी विज्ञप्तिमा फाइबर अप्टिक परिक्षणको सुरूवाती परिणामका अनुसार राष्ट्रपति ओबामाको घाँटीको पछाडिको भागको नरम भागमा समस्या देखिएको बताइएको छ ।

चिकित्सक ज्याक्सनले थप जाँचका लागि सामान्य सिटी स्क्यान गराइएको बताएका छन् । उनले ओबामाको सिटी स्क्यान वाल्टर रिड मिलिट्री अस्पतालमा गरिएको र त्यसको रिपोर्ट सामान्य रहेको बताएका छन् । उनले राष्ट्रपति ओबामाको एसिड रिफ्लक्सको उपचार गरिने उनको भनाई छ ।

व्हाइट हाउसका प्रवक्ता जोश अर्नेष्टले ओबामाको सिटी स्क्यानको जाँचको काम उनको सुविधाको हिसाबले हतारमा गरिएको बताएका छन् ।

बीबीसीका अनुसार अमेरिकी सञ्चारमाध्यमहरूले देशको राष्ट्रपति तथा राष्ट्रपति पदका उम्मेदवारको स्वास्थ्यमा विषेश ध्यान दिने गर्छन् ।

आफ्नो स्वास्थ्यको अवस्थाबारे जानकारी दिनका लागि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार चिकित्सकहरूबाट जारी गरिएको आफ्नो मेडिकल रिपोर्ट सञ्चारमाध्यमबाट जारी गर्ने गर्छन् ।


  •  
  •  
  •