अमेरिकाले परिवर्तन गर्यो अध्यागमन नीति

234
  •  
  •  
  •  

Barack-Obamaकाठमाडौ, ५ मंसिर (एजेन्सी) : अमेरिकाका राष्ट्रपति बाराक ओबामाले अध्यागमन नीति परिवर्तन गरेका छन् । अमेरिकाले परिवर्तन गरेको अध्यागमन नीतिपछि अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका विदेशी नागरिकको जीवनमा परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपति ओबामाले अध्यागमन नीति परिवर्तनको घोषणा फेसबुकमार्पत गरेका थिए । ओबामाले नीतिको परिवर्तनको घोषणा गर्दै भनेका छन्, अमेरिकामा गैरकानूनी रूपमा बसिरहेका करिब ५० लाख मानिसलाई अस्थायी दस्तावेज दिइने छ । उक्त दस्तावेजको मद्धतले कानुनी रूपमा अमेरिकामा बस्दै आऐकाहरूलाई स्थायी बसोबासका लागि सहज हुने बताइएको छ ।

गैरकानुनी रूपले अमेरिकामा बस्दै आएका मानिसमा म्याक्सिकोका मानिसको संख्या सबैभन्दा धेरै भएको बताइएको छ । अमेरिकामा अहिले करिव १ करोड १० लाख मानिस गैरकानुनी तरिकाले बसिरहेको हुन सक्ने अनुमान गरिएको छ । यस नयाँ नीतिले गैरकानुनी रूपमा बस्दै आएका नेपालीले पनि स्थायी बसोबास गर्न पाउने अवस्था हुने बताइएको छ ।


  •  
  •  
  •