काठमाडौ, ११ माघ(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार बिहान ३ दिने भ्रमणका लागि भारत आईपुगेका छन् ।
३ दिने भारत भ्रमणका क्रममा राष्ट्रपति ओबामाले भारतका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्च स्तरीय नेताहरूसँग भेट गर्नेछन् । ओबामा जर्मनीको बाटो हुँदै भारत आएका हुन् । उनले प्रधानमन्त्री मोदीसँग तीन दिनमा ७ पटक भेट गर्नेछन् । यी भेट ओबामाको स्वागत देखी अन्य उच्च स्तरीय छलफलमा हुने भेटहरू पनि रहेका छन् ।
आइतबार नै भारतका राष्ट्रपति प्रणव मुखर्जीले अमेरिकी राष्ट्रपति ओबामाको स्वागत गर्नेछन् । यसपछि ओबामा नयाँ दिल्लीको राजघाटमा रहेको महात्मा गान्धीको समाधीमा जाने छ । त्यहाँ ओबामाले गान्धीको समाधीमा पुष्पाञ्जली अर्पण गरेपछि वृक्षारोपण कार्यक्रममा भाग लिने छ ।
राष्ट्रपति ओबामाले २६ जनवरीमा भारतको गणतन्त्र दिवसका अवसरमा हुने सैन्य परेडमा भाग लिनेछन् । यस्तै, राष्ट्रपतिले सोही दिन गणतन्त्र दिवसको अवसरमा गर्ने भोजमा पनि उनी सहभागी हुनेछन् ।