नयाँ मन्त्रीहरूको सपथ ग्रहण आज ४ बजे

119
  •  
  •  
  •  

काठमाडौँ, १९ कात्तिक(ओएनएस) : प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । उनले आफ्नो सचिवालयलाई बिहिबार दिउँसो ४ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउने तयारी गर्न निर्देशन समेत दिएका छन् ।

सपथ ग्रहणको कार्यक्रमको तयारीकालागि प्रधानमन्त्रीले निर्देशन दिएपनि कुन पार्टीका को को मन्त्रिमण्डलमा थपिदैछन् भन्ने बारे केही जानकारी प्राप्त भएको छैन् । एमालेलगायत अन्य दलका मन्त्रीले पनि सपथ ग्रहण गर्ने सम्भावना रहेको बताइए पनि एमालेले कसलाई मन्त्रीमण्डलमा समावेश गर्न लागेको छ भन्ने सम्बन्धमा कुनै जानकारी दिएको छैन् ।

एमाले एक स्थायी सदस्यका अनुसार भीम रावललाई उपप्रधान तथा रक्षा मन्त्रालय र बिष्णु पौडेललाई अर्थ दिने लगभग पक्का भएको छ । उनका अनुसार अन्य मन्त्रीका लागि भने नाम लेख्ने र काट्ने क्रम चलिरहेको बताएका छन् ।


  •  
  •  
  •