प्रधानन्यायाधीशमा रामकुमार साहको नाम अनुमोदन

140
  •  
  •  
  •  

काठमाडौं, १४ असोज (ओएनएस) : संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश रामप्रसाद साहको नाम अनुमोदन गरेको छ । मंगलवार बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश साहको सुनुवाई गरेको थियो । समितिले साहको नाम अनुमोदन गरेपछि साह सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने पक्का भएको छ ।

साह विरुद्ध जम्मा दुईवटा मात्र उजुरी परेका थिए । काठमाडौंको सुन्धारास्थित धरहरादेखि पश्चिमतर्फको जमिनबारे साहले गरेको फैसला पक्षपातपूर्ण भएको भन्दै सुनुवाइ समितिमा उजुरी परेको थियो । मुसलमान समुदायले भोगचलन गर्दै आएको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप न्यायाधीश साहलाई लागेको थियो ।

संवैधानिक परिषद्ले सर्वेच्चका वरिष्ठ न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।  सुनुवाईका क्रममा प्रस्तावित प्रधानन्यायाधीश साहले आफ्नो नियुक्ति भए अदालतमा अब तारेखलाई बाध्य नगरिने बताएका छन् ।

व्यवस्थापिका संसदको सार्वजनिक सुनुवाइ विशेष समितिको बैठकमा साहले २र३ महिनाभित्र परिर्वतनको अनूभूति गराउने दावी गरे ।  अदालतको छवि उकास्ने र अदालतलार्इ भ्रष्टाचारबाट मुक्त गर्ने बताए । साथै उनले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिने बताए । उनले अदालतबारे नकारात्मक विचार समेत देखिएको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन पहल गर्ने बताए ।  प्रस्तावित प्रधानन्याधीश साहले अहिले बाध्यकारी रहेको तारिख प्रथा परिर्वतन गर्ने बताए । अब तारेख लिन चाहेमा मात्र रहने व्यवस्था गर्ने बताएका छन् ।


  •  
  •  
  •