प्रधान न्यायाधीशका लागि प्रस्तावित न्यायाधीश साहको सुनुवाई जारी

739
  •  
  •  
  •  

काठमाडौं,१४ असोज (ओनएनएस) : प्रधान न्यायाधीशका लागि प्रस्तावित न्यायाधीश रामकुमारप्रसाद साहसँग संसदीय सुनुवाइ विशेष समितिले अहिले छलफल गरिरहेको छ । सिंहदरबारमा बिहान ८ बजेदेखि जारी समितिको बैठकमा न्यायाधीश साहसँग सभासदहरुले आआफ्नो जिज्ञासा राखिरहेका छन् ।

साहलाई आजको समितिको बैठकले सिफारिस गरे उहाँ सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुहुने छ । समितिले हिजो साहविरुद्ध उजुरी गर्नेहरुसँग आज छलफल गरेको थियो । काठमाडौंको सुन्धारास्थित धरहरादेखि पश्चिमतर्फको जमिनबारे साहले गरेको फैसला पक्षपातपूर्ण भएको भन्दै सुनुवाइ समितिमा उजुरी परेको थियो ।

मुसलमान समुदायले भोगचलन गर्दै आएको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप न्यायाधीश साहलाई लागेको छ । संवैधानिक परिषद्ले सर्वेच्चका वरिष्ठ न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।


  •  
  •  
  •